muk

मुक्तक


टाढा बसी तिम्रो यादमा पलपल कत्ति मरुँ,
तिम्रो सामु मैले अझै आशु कत्ति झारुँ
तिम्रो यादले हरपल मलाई पोल्न थाल्यो सरू
दिलले भन्छ तिम्रो कसम हामी हासी हासी मरुँ
मेरो माया सरू तिमीलाई पुकार कत्ति गरुँ
यो मायाको सागर कत्ति एक्लै एक्लै तरुँ
मेरो भगवानले भन्छ तिम्रो काखमा हासी हासी मरुँ

तिलक राई
ठुलोदुम्मा-१, भोजपुर
हाल : कतार

मुक्तक

रोएर हैन जिबनको पाईला हाँसेर चुम्ने गर
आँसुले होंईन मनको कथा हाँसोल पुछ्ने गर
कगजमा होईन जिबनको कथा हिदयमा लेख्ने गर
आँसुले हैन सौंदर्यलाई आत्माले हेर्न गर
पानीले हैन मनको प्यास मायाले मेटने गर
रुवाईले हैन मिलनको बिहानलाई हाँसोले स्वागत गर्ने गर

-संतोष रसाइली
फ़ाकतेप
पाचथर
हाल- मलयेशिया

मुक्तक


मलाई धोका दिएर तिम्रो नयाँ प्रेम बन्छ भने,
लैजानु तिम्रो फोटोहरु तिम्रो मन ले मान्छ भने ,
फोटो मात्र हैन हेर चिठी पत्र नै तिमी लाई भो ,
यो जिबननै अर्पण गर्छु यदी तिमीलाई लिन्छौ भने।

असैह्य बेदनाले छटपटाईरहेको यो हृदयमा
भो प्रिय अरु धेरै पिंडाको मल्हम नलगाइदेऊ
हांसेर बाँच्ने चाहनामा हिडेको म एउटा यात्री
बिन्ती छ, तिमी अझैं मृत्युको सागर नबगाईदेऊ।

योगेन्द्र गिरी
धुपू -१ लेब्रंग
संखुवासभा
हाल- मलयेशिया

रुवाई


लोकतन्त्र जनतालाई छोप्ने बर्को भा छ
हेर्नुहोस त नेता जी को चालै अर्को भा छ
सुने पनि बुझ्दैनन नत्र कानै थुन्छन
जनताको आवाज पनि आज झर्को भा छ।

बिर्सन्न म कुनै अतित सम्झनमा आईरहन्छ
सँगै बस्ने चौतारीमा मन एक्लै धाईरहन्छ
नसाट्दैम यादहरु, बिर्सिएको हुन्न भन्छु
नदेखेको नि आँखाभरि झझल्को चै लाईरहन्छ।

निर्मोहीको बाटो हेर्दै पर्खीरहन्छे आँखा
मनभित्र प्यास बढ्छ दर्किरहन्छे आँखा
आशा गर्दै जलि बस्नु नियती भयो मेरो
ज्वाला माथी बल्दो आँशु छर्किरहन्छे आँखा।

युवराज भुजेल
च्याँनडाँडा-२ खोटाङ
हाल: युगफोटो स्टुडियो भोजपुर

रुवाई

“रुवाई”


उजाड मेरो जिन्दगीमा, खुशी दिने तिमीनै हौ
निम्ठो थियो मेरो माया झुसी दिने तिमीनै हौ
आँशु मात्र पिउँदै थिए, हाँसो भित्र बाँच्न सिकें
यो मनको दर्द, पिंडा, बुझीदिने तिमी नै हौ।

कहिले मिलन हुन्छ होल दुई किनराको
कहिले बल्छ गरिवको चुल्हो बिना राँको
कोही हाँस्छ कोही भने रुन्छ जिबनभर
कस्तो हो यो बिनिमय भाग्य बिधाताको।

दायाँ नहोस बायाँ नहोस
वरीपरी छायाँ नहोस
भन्ने सबै निष्ठुरी हुन
संसारमै माया नहोस।

सारङ्गीको तार झैं र्‍याइँर्‍याइँ रेटिनुको मज्जै बेग्लै
साकार नभएनी सपना, देखिनुको मज्जै बेग्लै
पाहुनासरी दुई दिनको क्षणिक यो जिन्दगीमा
छुट्नु त आखिर पर्छ नै, तर भेटिनुको मज्जै बेग्लै

लेखक- गणेश बाछाना "गगन"
पथरी-७ सृजना टोल, मोरङ

रुवाई


उमङ्ग उत्सब उल्लासमय रात थियो
तिम्रो हातमाथी मेरो हात थियो
सह्य भएन हाम्रो मिलन समाजमा त्यतीबेला
कारण तिम्रो मेरो भिन्नभिन्नै जात थियो।

साँझमा मनका उर्बशीको अभिनय बिहान सीताको अरे
रातमा डिस्कोडान्स दिउँसो भजनकिर्तन भागवत गिताको अरे
फेसन पनि कस्तो हो यो अचेलका केटीहरुको
पारदर्शी टिसर्ट अनि मिनिस्कर्ट नी एक बित्ताको अरे


अचेलका केटी बोलाउँदा उनीहरुको भाउ बढ्छ अरे
अचेलका केटीको शरीर जती बढ्छ त्यतिनै कपडा घट्छ अरे
किन चाहियो कपडा राख्न बाकस अनि सुटकेशहरु
अचेलका केटीको कपडा त सलाईको बट्टामा अट्छ अरे।

धन कुमार " अबिरल"
फावाखोला-६, ताप्लेजुङ

रुवाई

[१]
मान्छेबिच फक्रेको मेल राम्रो
हारसँगै जितेको खेल राम्रो
दुई पाटोमा बगिरहन्छ जीबन,
सम्झौतामा बगेको भेल राम्रो।

[२]
अँध्यारोमा मुहार छोप्ने जुन अझै
रुपमाथी रंग भर्ने सुन छ अझैं
बिर्सन्छु भन्दैमा मेटिएर जान्न याद,
मुटुभरी प्रितको मिठो धुन छ अझैं।

[३]
मन्दिरमा फूलको थुंगा चढाएर आएँ
जीबनको लामो आयु बढाएर आएँ
मान्छे माथी राज चल्छ भगवानकै भन्छन,
सुन्यो सुनेन रामकहानी पढाएर आएँ।

अमृता अनुरागी राई
होम्ताङ-१, भोजपुर

[यस रुवाईका लेखिका तेश्रो आवाज साहित्यिक मासिक पत्रीका सँग आबद्व हुनुहुन्छ जुन धनकुटा बाट प्रकाशन गरिन्छ।]

रुवाई


अरुलाई ढुङ्गा ठान्छौ ढुङ्गा बरु झुक्दो रैछ
आफुलाई सागर ठान्छौ कहिले सागर सुक्दो रैछ
आफ्नोसामु भाई ढाल्छौ अभिमानको घुम्तो ओढी
बुझ पचाई मानवतामा जिबन तिम्रो चुक्दो रैछ।


आफै आफै जुधेर सिसासरी फुटेका छौ
दायाँबायाँ हेर्ने हैन निर्दोषलाई भुटेका छौ
भ्रष्टचार छाडातन्त्र गर्छन माथी मनोमानी
आफ्नो गल्ती तलकालाई चुट्नसम्म चुटेका छौ।


बाटो हिंड्ने यात्रीलाई ठेस लाग्न सक्छ भन्थे
जालीलाई एकदिन केस लाग्न सक्छ भन्थे
चोखो माया बेची बेची दोबाटो धाउनलाई
मरुभुमीमा असाध्यै प्यास लाग्न सक्छ भन्थे।

देबी बहादुर श्रेष्ठ
तुङ्गेछा-१, भोजपुर
हाल: धनकुटा-३ कचिडे

रुवाई

मन पनि दुख्दो रैछ देख्न कतै घाउ हुन्न
घाउमात्र दुख्ने होईन नदुखेको ठाउँ हुन्न
पर्खे सधैं तिमीलाई मुलबाटोको चौतारीमा
एकोहोरो माया दिने "शिब" अब साहु हुन्न।

यो आँखामा बस्यौ तर अहिले भयौ घामछायाँ
बरपिपल झैं कहिले हुने चौतारीमा दायाँबायाँ
बिपनीमा कता गयौ सपनीमा देखी रहें
सच्चा रहे धन्य हुन्थ्यो सधैं-सधैं हाम्रो माया

भन्नै पर्ने केही कुरा तिमीलाई लुकाएँकी
त्यसैबाट मन तिम्रो मैले कतै दुखाएँकी
गल्ती केभो थाहा छैन सजाय त पाए साथी
लौन बिन्ती देखाईदेउन बाटो कतै बिराएकी

शिब ढुंगाना
दियाले-९, ओखलढुंगा

रुवाई


मेरो छाती जेल बनोस,
सिँदुरपोते नेल बनोस
हामी दुईको सुहागरात
सम्झनाको मेल बनोस|

जताततै अँध्यारो छायो र खत्तम भयो
सुनामी छाल आयो र खत्तम भयो
ढकमक्क लालीगुराँस फुल्ने पाखाहरु
डढेलोले सबै खायो र खत्तम भयो ।

साँझ पर्दा तिम्रो याद जगाएर पिएँ
जिन्दगी नै खुशीसरी बगाएर पिएँ
पिउनुमै छ सबथोक पिइदिन्छु भन्दै
रातभरी ठाडो घाँटी लगाएर पिएँ |

स्व. प्रबीण बानियाँ
दोखु-१ ताप्लेजुङ