muk

रुवाई


मेरो छाती जेल बनोस,
सिँदुरपोते नेल बनोस
हामी दुईको सुहागरात
सम्झनाको मेल बनोस|

जताततै अँध्यारो छायो र खत्तम भयो
सुनामी छाल आयो र खत्तम भयो
ढकमक्क लालीगुराँस फुल्ने पाखाहरु
डढेलोले सबै खायो र खत्तम भयो ।

साँझ पर्दा तिम्रो याद जगाएर पिएँ
जिन्दगी नै खुशीसरी बगाएर पिएँ
पिउनुमै छ सबथोक पिइदिन्छु भन्दै
रातभरी ठाडो घाँटी लगाएर पिएँ |

स्व. प्रबीण बानियाँ
दोखु-१ ताप्लेजुङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)