muk

रुवाई


लोकतन्त्र जनतालाई छोप्ने बर्को भा छ
हेर्नुहोस त नेता जी को चालै अर्को भा छ
सुने पनि बुझ्दैनन नत्र कानै थुन्छन
जनताको आवाज पनि आज झर्को भा छ।

बिर्सन्न म कुनै अतित सम्झनमा आईरहन्छ
सँगै बस्ने चौतारीमा मन एक्लै धाईरहन्छ
नसाट्दैम यादहरु, बिर्सिएको हुन्न भन्छु
नदेखेको नि आँखाभरि झझल्को चै लाईरहन्छ।

निर्मोहीको बाटो हेर्दै पर्खीरहन्छे आँखा
मनभित्र प्यास बढ्छ दर्किरहन्छे आँखा
आशा गर्दै जलि बस्नु नियती भयो मेरो
ज्वाला माथी बल्दो आँशु छर्किरहन्छे आँखा।

युवराज भुजेल
च्याँनडाँडा-२ खोटाङ
हाल: युगफोटो स्टुडियो भोजपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)