muk

रुवाई

“रुवाई”


उजाड मेरो जिन्दगीमा, खुशी दिने तिमीनै हौ
निम्ठो थियो मेरो माया झुसी दिने तिमीनै हौ
आँशु मात्र पिउँदै थिए, हाँसो भित्र बाँच्न सिकें
यो मनको दर्द, पिंडा, बुझीदिने तिमी नै हौ।

कहिले मिलन हुन्छ होल दुई किनराको
कहिले बल्छ गरिवको चुल्हो बिना राँको
कोही हाँस्छ कोही भने रुन्छ जिबनभर
कस्तो हो यो बिनिमय भाग्य बिधाताको।

दायाँ नहोस बायाँ नहोस
वरीपरी छायाँ नहोस
भन्ने सबै निष्ठुरी हुन
संसारमै माया नहोस।

सारङ्गीको तार झैं र्‍याइँर्‍याइँ रेटिनुको मज्जै बेग्लै
साकार नभएनी सपना, देखिनुको मज्जै बेग्लै
पाहुनासरी दुई दिनको क्षणिक यो जिन्दगीमा
छुट्नु त आखिर पर्छ नै, तर भेटिनुको मज्जै बेग्लै

लेखक- गणेश बाछाना "गगन"
पथरी-७ सृजना टोल, मोरङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)