muk

मुक्तक


मलाई धोका दिएर तिम्रो नयाँ प्रेम बन्छ भने,
लैजानु तिम्रो फोटोहरु तिम्रो मन ले मान्छ भने ,
फोटो मात्र हैन हेर चिठी पत्र नै तिमी लाई भो ,
यो जिबननै अर्पण गर्छु यदी तिमीलाई लिन्छौ भने।

असैह्य बेदनाले छटपटाईरहेको यो हृदयमा
भो प्रिय अरु धेरै पिंडाको मल्हम नलगाइदेऊ
हांसेर बाँच्ने चाहनामा हिडेको म एउटा यात्री
बिन्ती छ, तिमी अझैं मृत्युको सागर नबगाईदेऊ।

योगेन्द्र गिरी
धुपू -१ लेब्रंग
संखुवासभा
हाल- मलयेशिया

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)