१
अरुलाई ढुङ्गा ठान्छौ ढुङ्गा बरु झुक्दो रैछ
आफुलाई सागर ठान्छौ कहिले सागर सुक्दो रैछ
आफ्नोसामु भाई ढाल्छौ अभिमानको घुम्तो ओढी
बुझ पचाई मानवतामा जिबन तिम्रो चुक्दो रैछ।
२
आफै आफै जुधेर सिसासरी फुटेका छौ
दायाँबायाँ हेर्ने हैन निर्दोषलाई भुटेका छौ
भ्रष्टचार छाडातन्त्र गर्छन माथी मनोमानी
आफ्नो गल्ती तलकालाई चुट्नसम्म चुटेका छौ।
३
बाटो हिंड्ने यात्रीलाई ठेस लाग्न सक्छ भन्थे
जालीलाई एकदिन केस लाग्न सक्छ भन्थे
चोखो माया बेची बेची दोबाटो धाउनलाई
मरुभुमीमा असाध्यै प्यास लाग्न सक्छ भन्थे।
देबी बहादुर श्रेष्ठ
तुङ्गेछा-१, भोजपुर
हाल: धनकुटा-३ कचिडे
Subscribe to:
Post Comments (Atom)
देवि जी राम्रो कबिता मार्फत सचेतना फैलाउने जोश अत्यन्त सटिक छ ।साथै भोजपुरे ब्लगको प्रगतिको कामना गर्दछु ।
ReplyDeleteधन्यबाद सिकारु जी, यी सबै पानामा कैद भए च्यातिएर जान के बेर त्यसैले देबी जी का शुभ चिन्तक मार्फत प्राप्त भएको हो यो रुवाई, वा मुक्तक भन्ने चलन छ यो लेखन पठाउनु हुने मित्रमा मा धेरै धेरै धन्यबाद।
ReplyDelete