muk

रुवाई

[१]
मान्छेबिच फक्रेको मेल राम्रो
हारसँगै जितेको खेल राम्रो
दुई पाटोमा बगिरहन्छ जीबन,
सम्झौतामा बगेको भेल राम्रो।

[२]
अँध्यारोमा मुहार छोप्ने जुन अझै
रुपमाथी रंग भर्ने सुन छ अझैं
बिर्सन्छु भन्दैमा मेटिएर जान्न याद,
मुटुभरी प्रितको मिठो धुन छ अझैं।

[३]
मन्दिरमा फूलको थुंगा चढाएर आएँ
जीबनको लामो आयु बढाएर आएँ
मान्छे माथी राज चल्छ भगवानकै भन्छन,
सुन्यो सुनेन रामकहानी पढाएर आएँ।

अमृता अनुरागी राई
होम्ताङ-१, भोजपुर

[यस रुवाईका लेखिका तेश्रो आवाज साहित्यिक मासिक पत्रीका सँग आबद्व हुनुहुन्छ जुन धनकुटा बाट प्रकाशन गरिन्छ।]

3 comments:

  1. अमृता जि,
    रुवाई; रुवाई मात्र नभएर दु:खई पनि छ जस्तो लाग्यो त्याहाँ भित्र । तर "मुटुभरी प्रितको मिठो धुन त अझै छँदैछ भने पक्कै पनी पढाएर आउँनु भएको रामकहानी वहाँले सुनेकै हुनुपर्छ है ! पढ्न पाउदा खुशी लाग्यो । फेरि-फेरी पनि लेख्दै गर्नुस् है ।

    ReplyDelete
  2. hajur maya chahikho kaha melch ra yesthi ho lif e

    ReplyDelete
  3. http://www.youtube.com/watch?v=x9xQAWQfhwk

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)