१
गरीब मुलुक हाम्रो नेपाल, गरीब नै अटाउछन यहाँ
शोषक अनि महाजनहरु गरीब चुसी मोटाउछन यहाँ,
तन्त्रै तन्त्र आईरहन्छ यहाँ रुप धारण गरी गरी
जे तन्त्र आएपनि गरीबलाई धुलो चटाउछन यहाँ।।
२
हुन्थ्यो होला अर्को संसार आकश ले भुईं छुदा,
असम्भवहरु मात्र थोपरिन्छन प्राणी निरिह हुदा,
यो संसारनै असम्भवको पोका हो त, निरिहको लागी?
बुझ्ने सुन्ने कोही हुन्नन निरिह प्राणी यहाँ रुँदा।।
३
आज मेरो देश स्वीजरल्यण्ड झै सजाउनेहरु
झुठो आस्वसनमा हैकम यहाँ चलाउनेहरु,
अझै पनि यहाँ बर्दी पहिरिएर घुमी रैछन
आस्वसनको पोका फ्याँकी जनता उल्लु बनाउनेहरु।।
४
आफ्नो लागी यहाँ जनता बोल्न पनि डराउँछन,
आँखा भरी अन्याय बोकी मन भित्र कराँउछन,
बाहिर बोल्न नसक्नेले सहनै पर्छ अन्याय त,
जति मान्छे चुप बस्यो, शोषक झनै पाप गराँउछन।
५
अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला,
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला,
मैले देख्ने सपना र रहरहरु असिमित नै भएछन क्यारे,
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।
बि.जे. बान्तवा 'पराईमान्छे'
भोजपुर / कोशी
Subscribe to:
Post Comments (Atom)
अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला?
ReplyDeleteमेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला?
मैले देख्ने सपना र रहरहरु असिमित नै भएछन क्यारे?
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला?
Babbal! Babbaal! Babbaal!! there is nowords to coments.
Woh, aaj feri naulo tarikako swaad chakhna paiyo, bj g, badhaai.
ReplyDeleteSubba Tekendra