muk

मुक्तक


मुक्तकहरु:
१,
भावनाको नाता ठुलो भन्दै नाता गाँसियो।
रुन पनि रुईयो, हाँस्न पनि हदै हाँसियो।
के थाहा पराई कैलै आफ्ना हुदैनन भन्ने
क्षणिक नाताको नाटकमा यो केटो टाँसियो।
२,
बाटो भरि भेटिंदा रान मुन्छे पनि कस्ता।
कहिं स्वार्थ त कहिं अभिमानी पो जस्ता।
चाहे जे होस मतलब राखेर मन नदुखाउनु
भेट्दा रान उनैले नातापनि सागझैं सस्ता।
३,
आखाँ सामु, तिमीले सुनकोशी तरेर गयौ।
आफु-खुशीले मलाई सारी तिमी सरेर गयौ।
लाग्थ्यो हेर्दा आफ्नै,तर मैले चिनिन छु,
मेरो हृदयको कुनाबाट हो तिमी मरेर गयौ।

बिजे "बिद्रोही" राई
ठुलोदुम्मा-९ भोजपूर
हाल-ईजरेल

मुक्तक




[१]


झरना खोला छाँगाहरुमा लुकेको छ मेरो देश ।
सन्तानको अत्याचारबाट दुखेको छ मेरो देश ।
आफैं खेल्ने छाती माथि कति लात हान्छौ नेता?
तिम्रै कर्तुतले गर्दा झुकेको छ मेरो देश ।

[२]

फूलहरु झरिसकेर डाली भयो जिन्दगी।
आशाहरु मरिसकेर खाली भयो जिन्दगी।
असफल्ताले सधैं कदम चुमिरहेपछि,
सधैंभरि पाइरहने गाली भयो जिन्दगी।।

[३]

सिमसिम पानी बर्सिदिने बर्साद हो कि जिन्दगानी।
मन्दिरबाट चाख्न दिने प्रसाद हो कि जिन्दगानी।
दु:ख अनि बेदना सँगसँगै ओइरो लाग्छन,
झुपडीमा जन्म लिनु बर्बाद हो कि जिन्दगानी।

[४]

समीपमा तिम्रो म छु देखेनौ नि कान्छा।
बर्षौ टाढा हुँदा चिठी लेखेनौ नि कान्छा।
अमर नाता जिन्दगीको छुटाउँदिनँ भन्थ्यौ।
एउटै थुँगा पिरतीको फ्याँकेनौ नि कान्छा।     -कल्पना "भावुक"
धनकुटा / काठमाडौ
हाल: इजरायल
साभार : स्मृतिका पानाहरु बाट।

मुक्तक



आफूलाई भुलाएर हास्ने मान्छेहरू ।
अरुको दुख पर्दा नाच्ने मान्छेहरू ।
के अर्थ रहयो र मानवको मानवता ,
मिठो सपना देखाएर बाच्ने मान्छेहरू ।

सूर्य बिक्रम याक्खा
मोरङ

हाइकुहरु :–

(१)अप्ठारो बाटो
न जुत्ता भनेजस्तो
बिजोक खुट्‍टा


(२)मरे या मारे
कुनै निहुमा कोहि
आतंककारी


(३)कहिले सम्म
भेडा जस्तै बाच्ने
नेपाली वीर


(४)हरियो गति
पात झर्नु र पल्नु
वृक्ष चेतना


५)अनियन्त्रीत
ज्ञात अज्ञात वायु
प्रभुको सास


(६)चाहिन्न घाउ
त्यतिकै दुख्न सक्छ
मायालु मन

(७)मेरो बन्दुक
मेरै छातिमा ताक्ने
कस्तो समय?


(८)देशमा क्रान्ती
कार्यकता सहिद
कुर्सिमा नेता


(९)लाहुरे माया
ठ्‍याक्कै बन्दुक जस्तो
पड्‍किने डर


(१०)पैताला मुनि
ब्रेभेस्ट अफ द ब्रेभ
लेायल गोर्खाली


(११)सागर माया
बरफ झैं जम्ला है
तिमी मौसम

(१२)आइया होउ
अन्तिम युद्ध बोली
फक्रेन भोली

(१३)प्रदेशि तन
आकाश छुने मन
श्रीमति बाटेा


(१४)भत्काइस् भन्ने
बनाउन नदिने
मुख्य दोषि को?


(१५)न्यानो घाम
जाडोमा मात्र संझिस्
स्वार्थी मौसम

(१६)संहाल्न गाह्रो
कति चञ्चले मन
बैश चढेछ

(१७)चढियो घोडा
ओर्ली हाल्नु पर्ने
गोडा पल्कीयो

(१८)क्रान्ती नगर्ने
रोक्न पनि नसक्ने
अशान्ती भो रे


(१९)हार्दिन लाग्छ
कोरल छिर्ने बेला
कैले जीतिन

(२०)संसारै भुल्ने
भा जति पैशा हुल्ने
प्यारो कोरल


(२१)छोटो लाउछौ
काँ काँ न्याक्नु लाग्छ नि
मेरो के दोष?

(२२)फेसन चर्को
ध्यान बिउटिमा
ब्रेनमा बिर्को

–:अप्जसे कान्छा
भोजपुर दोभाने
हाल–व्रेकन,वेल्स

मुक्तक



औशीको अन्धकारमय

औशीको अन्धकारमय रात होईन मलाई
पुर्णिमाको जुनेली रात भए पुग्छ !
जलकुम्भी र कमलफूलको डाठ होईन मलाई
मखमली र सयपत्री फूलहरुका पात भए पुग्छ !
सजावटी सौगातहरु होईन मलाई
तिम्रा ती कोमल खाली हात भए पुग्छ !
मन्द मन्द मुस्कान मात्र होईन मलाई
जुनी जुनी सम्म तिमी मेरो साथ भए पुग्छ !

डोर बिक्रम बस्नेत
देउराली ५ भोजपुर
हाल, दोहा क़तार

मुक्तक


आकाशमा उडने चरीलाई....!

आकाशमा उडने चरीलाई के थाहा |
समुन्द्रको गहिराई कति हुन्छ भनेर |
धोका दिने निर्मोहिलाई के थाहा |
धोकाको चोट कस्तो हुन्छ भनेर |

नाम :मिलन मंगोलियन |
ठेगाना :बाग्लुंग सिशाखानी |
शिक्षा :बि .एड .प्रथम बर्ष |

रुवाई



गरीब मुलुक हाम्रो नेपाल, गरीब नै अटाउछन यहाँ
शोषक अनि महाजनहरु गरीब चुसी मोटाउछन यहाँ,
तन्त्रै तन्त्र आईरहन्छ यहाँ रुप धारण गरी गरी
जे तन्त्र आएपनि गरीबलाई धुलो चटाउछन यहाँ।।

हुन्थ्यो होला अर्को संसार आकश ले भुईं छुदा,
असम्भवहरु मात्र थोपरिन्छन प्राणी निरिह हुदा,
यो संसारनै असम्भवको पोका हो त, निरिहको लागी?
बुझ्ने सुन्ने कोही हुन्नन निरिह प्राणी यहाँ रुँदा।।

आज मेरो देश स्वीजरल्यण्ड झै सजाउनेहरु
झुठो आस्वसनमा हैकम यहाँ चलाउनेहरु,
अझै पनि यहाँ बर्दी पहिरिएर घुमी रैछन
आस्वसनको पोका फ्याँकी जनता उल्लु बनाउनेहरु।।

आफ्नो लागी यहाँ जनता बोल्न पनि डराउँछन,
आँखा भरी अन्याय बोकी मन भित्र कराँउछन,
बाहिर बोल्न नसक्नेले सहनै पर्छ अन्याय त,
जति मान्छे चुप बस्यो, शोषक झनै पाप गराँउछन।

अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला,
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला,
मैले देख्ने सपना र रहरहरु असिमित नै भएछन क्यारे,
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।

बि.जे. बान्तवा 'पराईमान्छे'
भोजपुर / कोशी

मुक्तक


प्रिय यदि तिमी मलाई चाहन्छौ भने ?
आकाशको नौ लाख तारा ब्याज बेगर तिमीलाई भो ,
यदि तिमीलाई बिस्वास लाग्दैन भने ?
चंद्रमा चाहीं अहिलेनै पेस्कि भो ,
धर्ती मा त मेरो एक पाहिला पनी जमिन छैन
कसम तर आकाश गंगा सबै मेरै हो
प्रिय साँच्चै आकाश गंगा सबै मेरै हो !

कमल बुढाथोकी
जल जले- ९ , 13थुम
हाल- दोहा-कतार

मुक्तक

जिन्दगीमा पहिलोपल्ट एउटी सित भेट भयो |
दोस्रो पल्ट बोलाकिथिन जादा जादै लेट भयो |
तेस्रो पल्ट भेट्दा भन्छिन विमल मलाई पेट भयो
किस खादै बाउ बनेछु हेर्नुस हजुर उदेक भयो |
विमल गौतम
साउदी अरेवीया

मुक्तक

बिछोड हाम्रो त्यसबेला हुन्छ प्रिय
जब मेरो लॉस चिसो भूइँको शिरानीमा हुन्छ|
मिलन कहानी त्यस बेला हुन्छ प्रिय
जब मेरो लाश अग्निमा जलेर जान्छ |

सन्तोष रसाइली
फाकतेप - २
पाचथर - नेपाल
हाल- मलेशिया
Next page