muk

मुक्तकहरु

"तिन टुक्रा मुक्तकहरु"

"जिन्दगी……।"

न धारमा बग्छ न ज्वारमा मौनताकै ताल भो जिन्दगी
न हार छ न सार छ कुनै दुनियामै बेहाल भो जिन्दगी
कोहि त बताई देऊ हे दुनिया यो जिन्दगीको अर्थ
ज्युने साहारा खोज्दा खोज्दै समयको ढाल भो जिन्दगी ॥

"विवश्तI…॥"

सपनी झै लाग्छ जिन्दगी झस्कियो एक्लै एक्लै
दुनिया संग हास्यो खेल्यो तड्पियो एक्लै एक्लै
जिन्दगी यो खै के हो आफैलाई न थाहा
आखिर चितामा पनि सल्कियो एक्लै एक्लै ॥

"जित"

मायाको संसारमा मतलबी सबै धारहरु
जित बनाएर त हेर तैले हारेको सबै हारहरु
संकल्प गर् उडि छुने चन्द्रमा
भेटिन्छन् कति कति ज्यूने आधार हरु ।

दुर्गा राई
हाल : ईराक

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)