muk

रुवाई

"४ रुवाई"


जो हाँस्यो मुटुमा आगो लिएर
न्यायको तिर्खामा गोली पिएर
मर्ने लाई मेरो रातो सलाम
माटोका निम्ती त्यो मुटु दिएर ।


जन्माउनुपर्छ बिहानी नरोउ रात सम्झिएर
फुलाउनु पर्छ प्रेम्, नरोउ घात सम्झिएर
भीरमै फुल्छ गुराँसपनि फाँट खोज्दैन त्यो
दुखै सुख ठान अब नरोउ लात सम्झिएर ।


निर्दोष अनि अवलाका मुख मोसिएका छन कति कति
खानै आँट्या हातको गाँस् खोसिएका छन कति-कति
हाडछाला घोट्नेहरु भोक-भोकै छटपटाउँदा
श्रम चोरका ठेकेदार चैं पोसिए छन कति-कति।


पालेर आशा हृदय भरि नबस्नु पर्खेर
स्वर्गको बाटो हिंडेकी म त आउदिन फर्केर
कसैको छैन अमर जीवन खरानी बन्नै छ
छौन्जेल जीवन हाँसेर जिउनु नरुनु चर्केर।

प्रतिभा "प्रक्षिप्त"
आँखिसल्ला-८ धनकुटा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)