muk

रुवाई

“चार रुवाई”
{i}
अरुको लाश गनेर आयो होला, तिमीलाई मजा
सबैलाई मारी, लाशमाथी उभिंदा सोच्छौ राजा
तिमीलाई के थाहा, सबैले त्यहीं बन्नुपर्छ भनेर
पाली त अब तिम्रै देख्छु, बज्ने ब्याण्ड बाजा ।
{ii}
दाजुभाई जुटे छोडेर काम, गर्न नेपाल बन्द
दिदिबहिनी नि धुरिए, छोडेर काम धन्दा
हैन हाम्रो देशमा ब्यबशायनै यहीं खोल्ने कि
रात दिन आगजनी र तोडफोडको धन्दा ।
{iii}
गोही बनी आँशु झार्छौ, अँजिगर बनी डस्छौ
आफ्नो फाईदा देख्यौ भने, नर्कमा नी बस्छौ
मान्छेका खोल ओढेका ए ब्वाँसा हरु हो रातभरी
उर्बशी र मेनकासँग, दिनमा किन खरानी धस्छौ?
{iv}
कल्पनमा डुबेर थप्छौ, शाहीत्यका पातहरु
थप्छौ भने थप, वास्तविक्ताका खातहरु
पाना भर्ने काम मात्र तिम्रो होइन अब
भर्ने गर चोटिला कुतत्व र कुप्रथाका बातहरु ।

बि. जे. बान्तवा “गाउँले”
ठुलो दुम्मा-९, भोजपुर

3 comments:

  1. b j g sarai ramro chha, pls keep it up.

    ReplyDelete
  2. बि जे जि, धेरै राम्रो सम्प्रेसण छ, समयनुकुल, सापेक्षित छ, अझै अरु सिउरिनु होल, हर प्रगतिको शुभकामना
    दुर्गा

    ReplyDelete
  3. Thank you Durgaa and Raj robert jee, tapai haru ko sadaa sadaa, saath paairahu, i mean to say hausala paai rahu ma aru kosish garne chhu.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)