muk

मुक्तक

कहिले आँशु सुकेर रोएँ,कहिले मुटु दुखेर रोएँ
हिँड्दा हिंड्दै ठेस लागे कति, कहिले शिर झुकेर रोएँ,
सोचेको सबै पुग्छ र कहाँ, कहिले आँफै चुकेर रोएँ
रुँदा गलेर थाक्न पाईन, कहिले भाग्य थुकेर रोएँ
रुवाइको त ठेगान छैन, जहिले रुएँ लुकेर रोएँ

इन्द्रावती राई
काठमाडौं

1 comment:

  1. ईन्द्र जि
    मुक्त्तक को मुख्य भाग जिन्दगी लाई बनाउनु भएछ राम्रो छ

    माया को संसारमा मतलबी सबै धारहरु,
    जीत बनाएर त हेर्नुस तपाईंले हारेको सबै हारहरु,
    उठी छुने कोशीस गर्नुस् ईन्द्र जि चन्द्रमा,
    भेटिन्छन दुनियाँमा कती कती ज्युने आधारहरु !!
    दुर्गा
    ईराक

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)