muk

रुवाई

तीन रुवाई


नआउ भो मेरो पछि तिमीलाई बात लाग्छ
वाहवाही मिल्नु साटो बदनामी हात लाग्छ
मेरो देखासिखी गर्दै नउठाउ प्याला तिमी
मैले तिर्खा मेट्ने कुरो तिम्ले पिए मात लाग्छ



धेरै मै हुँ भन्ने कुहिरो को काग मैले
निष्कलंक रुप हेरें त्याँगे अनुराग मैले
सबै छोडी आजभोलि आँखा चिम्लिबसेको छु
यथार्थमा देखे पछि चन्द्रमामा दाग मैले



झट्ट हेर्दा देखिदैन मान्छे बेइमानी जस्तो
बहिरा हेरे के जान्नु र भित्र बानी कस्तो ?
जतनसाथ शीतबाट बटुलेर ल्याएँको थें
पोखिदिएँ मेरो माया बालुवामा पानी जस्तो ।

हरि कृष्ण काफ्ले
चन्द्रानीगाहपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)