muk

मुक्तक

तीन मुक्तकहरु.........!


 (१)
फूल ओइलिएर बसन्तमा झरेपछि
जिबन सुकेर अमृतमा मरेपछि
म जिबन मरणको दोसाँधमा अल्झिएको छु,
तिमी नदीमा जंघार तरेपछि

(2)
पहिले भन्दा अहिले तिमी निकै ठुली भइछ्यौ
झुपडीको बास छोडी महलभित्र गइछ्यौ,
तिमीबिना बाँच्दिन भन्थ्यौ टाँसिएर छातिमाथी
नाटक रचि फसाउन निकै जाली रइछ्यौ

(३)
पिंडा बिर्सनलाई पिउँछु साथी
ब्यथा टाल्नलाई सिउँछु साथी
हृदयबिहीन लिएर खोक्रो छाती
तिरस्कार छेक्नलाई जिउँछु साथी।
 
पुर्ण सन्ध्या "समाधी"
सिन्द्राङ-३ भोजपुर

1 comment:

  1. MAHAL MAATRA HERCHHAU TIMI, JHUPADEE PANI HERNE GARA...

    LUGAA MAATRAA KATI FERCHHAU, BICHAARA PANI FERNE GARA....

    NICE MUKTAK KEEP IT UP...

    -DEBI PANTHEE

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)