muk

मुक्तक

॥मुक्तक॥ 

॥१॥

कर्णाली देख्दा साह्रै दुःख मान्छ राजधानीले
तर बिकाश भने आफैसंग राख्छ राजधानीले
कठै ! यता सुस्था छाती पिटी टिपी रुन्छ
उता तिर मधुर हासो हास्छ राजधानीले ॥

॥२॥

मेरो हातले शान्तिको गुरास सार्न सकोस
सहिदका मिठा सपना साकार पार्न सकोस
आदम्य साहस बोकी जोस जागर संगालेर
नया बिहानीको निम्ती दैलो उघार्न सकोस ॥

॥३॥

अचेल ठग्ने लुट्ने चोर्नेमात्र काम भएको छ
स्वाभिमान भन्दा ठुलो दाम भएको छ
हिजॊ सीता हर्ने रावण उहि हो हजुर
आज यहा त्यही मान्छे राम भएको छ ॥

दुर्गा भुसाल
नवलपरासी 

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)