
के गर्नु जान्छौ दाजु र भाई
बिदेशको त्यो उजाड ठाँउमा ।
हालो,जुँवा,डोको र नाम्लो
रुदै छ हेर आफ्नै घरगाँउमा ।
जीवनमा दु:ख जत्ति छ
जेल्नु जेलौ है स्वादेशमा।
दु:ख र पिडा धेरै छ यहाँ
कोहि पनि नजाउँ बिदेशमा ।
न बुझ्ने भाषा गालीको भनाई
हामीलाई भन्छ त्यो ठाउँमा।
दु:ख र सुख जे जस्तो छ
फर्कौ है सबै घरगाँउमा ।
डाँफे, मुनाल्, मयुर र न्याहुली
खोज्दैछन रे हामी सबै लाई।
सयपत्री र मक्खामली फुलले
सोध्दैछन रे हामी सबै लाई ।
टेक विर बलम्पाकी मगर
ईलाम्, जितपुर्-९ मादिबुङ
हाल: Q.B.C. Post Box No - 40311 Doha-Qatar ,A/G
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)