muk

रुवाई

मन पनि दुख्दो रैछ देख्न कतै घाउ हुन्न
घाउमात्र दुख्ने होईन नदुखेको ठाउँ हुन्न
पर्खे सधैं तिमीलाई मुलबाटोको चौतारीमा
एकोहोरो माया दिने "शिब" अब साहु हुन्न।

यो आँखामा बस्यौ तर अहिले भयौ घामछायाँ
बरपिपल झैं कहिले हुने चौतारीमा दायाँबायाँ
बिपनीमा कता गयौ सपनीमा देखी रहें
सच्चा रहे धन्य हुन्थ्यो सधैं-सधैं हाम्रो माया

भन्नै पर्ने केही कुरा तिमीलाई लुकाएँकी
त्यसैबाट मन तिम्रो मैले कतै दुखाएँकी
गल्ती केभो थाहा छैन सजाय त पाए साथी
लौन बिन्ती देखाईदेउन बाटो कतै बिराएकी

शिब ढुंगाना
दियाले-९, ओखलढुंगा

1 comment:

  1. "मन पनि दुख्दो रैछ देख्न कतै घाऊ हुन्न
    घाउ मात्र दुख्ने होइन नदुखेको ठाउं हुन्न "

    वाह वाह शिवजी चोट को पनि बिसिस्ट रुप यस्तै यस्ता साहित्यिक कोसेली हरु पस्किदै गर्नुहोला. राम्रो लाग्यो.

    विमल गौतम
    साउदी अरेवीया

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)