muk

रुवाई !

तिन रुवाई.....!

(१)
तिम्रो यादले नछोएको प्रहर जाती
तिमीले नै लत्याएको शहर जाती
निराशा र बेवारीसे बनायौ भन्दिन म,
बरु तिमीले नै पिलाएको जहर जाती ।

(२)
भुल गर्नेले दोष अरुलाई दिन्छन रे
बुद्विमानहरु जोस अरुलाई दिन्छन रे
मात्तिएर कर्तब्य सबै भुले पछि
चोखो बन्न तोष अरुलाई दिन्छन रे ।

(३)
तिमीलाई गलत देख्ने बानी छैन म सँग
तिमीसँगै बिताएको बिहानी छैन म सँग
प्रकृतिको कुरा चल्दा लजाउदै मुख छोप्ने
चाख्न मिल्ने तिमीलाई जवानी छैन मसँग ।

ॠतु लिङखिम "परिवर्तन"
कोल्बुङ्-४ ईलाम

2 comments:

  1. "MA MAREKO CHHAINA" RAIBABUApril 3, 2009 at 2:55 AM

    Timile malaaii Dosha diera, janchhau bhane.
    Mero matra Dosha dekhaaii Taadha jan6au bhane
    maile jiuna byarta chha yaha timro laagi
    paasomaa jhundyaai malai paasoko dori taan6au bhane

    ReplyDelete
  2. Reetu, jee feree feree yastai damdaar rachanaaharu pathaauna nabhulnu holaa,

    Tnx.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)