(१)अप्ठारो बाटो
न जुत्ता भनेजस्तो
बिजोक खुट्टा
(२)मरे या मारे
कुनै निहुमा कोहि
आतंककारी
(३)कहिले सम्म
भेडा जस्तै बाच्ने
नेपाली वीर
(४)हरियो गति
पात झर्नु र पल्नु
वृक्ष चेतना
५)अनियन्त्रीत
ज्ञात अज्ञात वायु
प्रभुको सास
(६)चाहिन्न घाउ
त्यतिकै दुख्न सक्छ
मायालु मन
(७)मेरो बन्दुक
मेरै छातिमा ताक्ने
कस्तो समय?
(८)देशमा क्रान्ती
कार्यकता सहिद
कुर्सिमा नेता
(९)लाहुरे माया
ठ्याक्कै बन्दुक जस्तो
पड्किने डर
(१०)पैताला मुनि
ब्रेभेस्ट अफ द ब्रेभ
लेायल गोर्खाली
(११)सागर माया
बरफ झैं जम्ला है
तिमी मौसम
(१२)आइया होउ
अन्तिम युद्ध बोली
फक्रेन भोली
(१३)प्रदेशि तन
आकाश छुने मन
श्रीमति बाटेा
(१४)भत्काइस् भन्ने
बनाउन नदिने
मुख्य दोषि को?
(१५)न्यानो घाम
जाडोमा मात्र संझिस्
स्वार्थी मौसम
(१६)संहाल्न गाह्रो
कति चञ्चले मन
बैश चढेछ
(१७)चढियो घोडा
ओर्ली हाल्नु पर्ने
गोडा पल्कीयो
(१८)क्रान्ती नगर्ने
रोक्न पनि नसक्ने
अशान्ती भो रे
(१९)हार्दिन लाग्छ
कोरल छिर्ने बेला
कैले जीतिन
(२०)संसारै भुल्ने
भा जति पैशा हुल्ने
प्यारो कोरल
(२१)छोटो लाउछौ
काँ काँ न्याक्नु लाग्छ नि
मेरो के दोष?
(२२)फेसन चर्को
ध्यान बिउटिमा
ब्रेनमा बिर्को
–:अप्जसे कान्छा
भोजपुर दोभाने
हाल–व्रेकन,वेल्स
Subscribe to:
Post Comments (Atom)
कान्छा जी धेरै नै प्रभावकारी हाईकुहरु हुत्याउनुभयो धेरै खुशी लाग्यो,, यसरी नै तपाइको कलमा चलिरहोस शुभकामना,
ReplyDeleteदिपिका लिम्बु
It's really reamrkable Hiku apjase g cnogrates,, keep writing ....
ReplyDeleteAshis Sharma.
hauiku daami laagyo kanchh ji ko ,,,
ReplyDeletevery–very good.
ReplyDelete