muk

मुक्तक




[१]


झरना खोला छाँगाहरुमा लुकेको छ मेरो देश ।
सन्तानको अत्याचारबाट दुखेको छ मेरो देश ।
आफैं खेल्ने छाती माथि कति लात हान्छौ नेता?
तिम्रै कर्तुतले गर्दा झुकेको छ मेरो देश ।

[२]

फूलहरु झरिसकेर डाली भयो जिन्दगी।
आशाहरु मरिसकेर खाली भयो जिन्दगी।
असफल्ताले सधैं कदम चुमिरहेपछि,
सधैंभरि पाइरहने गाली भयो जिन्दगी।।

[३]

सिमसिम पानी बर्सिदिने बर्साद हो कि जिन्दगानी।
मन्दिरबाट चाख्न दिने प्रसाद हो कि जिन्दगानी।
दु:ख अनि बेदना सँगसँगै ओइरो लाग्छन,
झुपडीमा जन्म लिनु बर्बाद हो कि जिन्दगानी।

[४]

समीपमा तिम्रो म छु देखेनौ नि कान्छा।
बर्षौ टाढा हुँदा चिठी लेखेनौ नि कान्छा।
अमर नाता जिन्दगीको छुटाउँदिनँ भन्थ्यौ।
एउटै थुँगा पिरतीको फ्याँकेनौ नि कान्छा।     -कल्पना "भावुक"
धनकुटा / काठमाडौ
हाल: इजरायल
साभार : स्मृतिका पानाहरु बाट।

1 comment:

  1. bojhila muktakaharu congr8 Kalpana G lai ra uhako aru kamana gardachhau.

    Sakuntala Sharma
    Biratnagar Nepal

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)