muk

मुक्तक

1, मुक्तक

बिस्वास लाग्छ अझ तिम्रो मलाई
तिमीले माया तोडी गएपनि,
छोटो यादको लामो पर्खाइमा
तिम्रो प्रतिक्षामा बसेपनि,
संझना लाग्छ मुटुमा
तिमीले संधैको लागि बिर्सिएपनि ।

लेखिका- कमला राई "असफल"
लिच्की राम्चे-१, माबे, खोटाङ
सागरमाथा, नेपाल


2, मुक्तक

आज पनि यादहरु बल्झिएर आइदिंदा
पिंडा कति साह्रो भयो, आँखा त्य्सै रसाईदिंदा
भावनाका छालहरु आँशु बनी झरेपछि
धेरै गाह्रो पर्दोरहेछ आफ्नो मान्छे टाढा हुँदा ।

बसन्त बिप्लव "अल्छि"
केवलपुर्-६, गैरिखर्क, धादिङ्, नेपाल

3, मुक्तक

मन त थियो तिमीसँगै दु:खसुख बाँड्ने
एउटै मुटु बनाएर संगै मर्ने बाँच्ने
तर कस्तो भाग्य रैछ हाम्रो माया भएन गाढा
बाध्यता र बिबस्ताले गराइदियो टाढा ।

प्रभा राई "झरना"
नेचा बेतघारि-८, तुइन्टार
दुईखोला दोभान, सोलुखुम्बु नेपाल

1 comment:

  1. dherai nai ramro lagyo more keep it up "Gypsy KinG" KSA

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। (भोजपुरे एडमिन परिवार)